काठमाडौंको चाबहिलमा पहिलोपटक सहकारी बजारको सुरुवात

पहिलोपटक केन्द्रीय सहकारी बजारको सुरुवात, किसानले उत्पादन गरेका बस्तुको सुनिश्चितता

१९ मंसिर, काठमाडौं । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंको चाबहिलमा पहिलोपटक सरकारी र सहकारी साझेदारीमा केन्द्रीय सहकारी बजारको सुरुवात भएको छ । सहकारी बजार विकास कार्यक्रमको सहयोगमा शुरुवात भएको सहकारी बजारको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उद्घाटन गर्नुभयो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषिबिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो । मन्त्री अर्यालले किसानले उत्पादन गरेका बस्तुको बजारको सुनिश्चितता सरकारले गर्ने बताउनुभयो ।

उत्पादित सामग्रीहरुको बजारीकरण आजको आवश्यकता भएको भन्दै मन्त्री अर्याले यसलाई अझ बिस्तार गरिने बताउनुभयो । किसानले उत्पादन गरेको उत्पादित सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । किसानले उत्पादन गरेको तरकारी, अण्डा, फलफूल, दुध लगायतका सामग्री बाटोमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ’, उहाँले भन्नुभयो, किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगती हुँदैन । किसानहरुलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ ।’

सरकारले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएको भन्दै उहाँले किसानको उत्पादनको विक्री तिनै विक्री केन्द्रबाट सुनिश्चित गरिने बताउनुभयो । पहिलो चरणमा चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट र धादिङ गरी ६ जिल्लाको १८ पालिकाका १४ हजार ४०० घरधुरी किसान लाभान्वित हुने गरी कार्यक्रम सुरु गरिएको हो ।

[sidebar name="button post"]