हिन्दू धर्मअनुसार तुलसीलाई भगवान बिष्णुको रुपमा पूजा गर्ने चलन छ ।अझ तुलसीलाई भगवान् श्रीकृष्णको प्रिय वनस्पति पनि भनि चिनिन्छ र पबित्र मानिन्छ । विज्ञानले पनि तुलसीको पातमा औषधीय गुण हुने प्रमाणित गरिसकेको छ ।
वैज्ञानिकहरूले गरेका विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्न गरिने देखाएका छन् ।
नेपालीले घरघरमा तुलसीको मठ बनाएर बिरुवा रोप्ने र पूजा गर्ने चलन रही आएको छ। यसले शरीरलाई स्वस्थ राख्न पनि महत्त्वपूर्ण भूमिका निभाउने गर्छ । तुलसीका पातमा हुने एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणले रुघाखोकी र ज्वरोलाई कम गर्न सहयोग पुर्याउँछ ।
वैज्ञानिकहरूका अनुसार तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । दिनदिनै तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्ने सम्भावना न्यून हुन्छ ।
यति मात्र नभएर तुलसीले मानिसमा तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ । त्यस्तै तुलसीले तनाव कम हुनमा पनि सहयोग गर्छ ।
तुलसीमा हुने थाइमोलले छालासम्बन्धी समस्या निको पार्छ भने अनुहारलाई पनि उज्यालो बनाउँछ । साथै तुलसीका पातले रगतमा हुने युरिक एसिड घटाएर मिर्गौलालाई पनि स्वस्थ मद्दत पुर्याउँछ ।
तपाईंलाई चुरोटको कुलत छ त ? यदि छ भने तुलसीका पात चपाउँदा कुलतबाट छुटकारा पाउन सक्नु हुन्छ। तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुन्छ । तुलसीले प्यानक्रियाटिक बीटा सेल्सको काममा सुधार गर्छ । यसले इन्सुलिन सेन्सिटिभिटी बढाउनुका साथै ब्लड सुगर कम गरेर मधुमेह नियन्त्रणमा लेराउँछ ।








