खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित हुँदैन : प्रधानमन्त्री ओली

१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काेराेना महामारीबाट नेपालले संकटले पाठ सिकाएको बताएका छन् । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं ।’

 महासभालाई सम्बोधन गर्दै ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । उनले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुनेसमेत बताए ।

अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि प्रधानमन्त्री ओलीले स्वागत गरे । कोभिड–१९ लाई कै केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।

[sidebar name="button post"]