Ad #144479

१८ मंसिर, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा लागेको आगो नियन्त्रणमा आएको छ । सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा बिहान आगो लाग्दा तीन वटा कोठा जलेका छन् ।

आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो नियन्त्रणमा आएको हो । कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको छ ।

आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ । अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।