Ad #144479

१६ मंसिर, विराटनगर । झापामा कोरोना संक्रमित महिलाको अस्पताल नपुग्दै मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

सोमबार कोरोना जाँच गर्दा महिलालाई कोरोना पोजेटिभ देखिएको थियो । झापामा संक्रमितको संख्या ३ हजार ८३१ छ । संक्रमित मध्ये ११० जनाको मृत्यु भएको छ ।