Ad #144479

१६ मंसिर, काठमाडाैं । नेकपाको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको केक काटिएको छ । मंगलबार पौडेलको ६२ औँ जन्मदिन हो ।

उनलाई सचिवालय बैठकमै केक काटेर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतले शुभकामना दिए । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गाैतमले १०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला भन्दै शब्दमा शुभकामना दिनुभएको छ ।

केक काटेर शुरु भएको नेकपाको सचिवालय बैठकमा चर्काचर्की हुने सम्भावना बढेको छ । अध्यक्ष ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदनमा छलफल हुने बैठकमा प्रचण्डले पहिले जवाफ दिनेछन् ।