आज ३३ औँ विश्व एड्स दिवस मनाइँदै, एचआइभी संक्रमित कोरोनाको उच्च जोखिममा !

१६ मंसिर, काठमाडौं । आज विश्व एड्स दिवस : ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नाराका साथ नेपालमा पनि ३३ औं विश्व एड्स दिवस मनाइदै छ । एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागी सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

नेपालमा अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी सङक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाका अनुसार सङ्क्रमित मध्ये १७ हजार ५ सय ८७ जना पुरुष र ११ हजार ९ सय १६ जना महिला रहेका छन् ।

नेपालमा अहिलेसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी सङक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

नेपालमा झण्डै ८० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको पाइएको छ । तथ्याङ्क अनुसार २०७७ साल असार मसान्त सम्ममा नेपालको कुल एचआईभी संक्रमित मध्ये १९ हजार ४ सय जना अर्थात ६६ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन् ।

एचआईभी संक्रमितहरुलाई ८० वटा एआरटी केन्द्रहरु र २० वटा एआरभी केन्द्रहरुबाट निःशुल्क औषधि वितरण भइरहेको पनि निर्देशक देवकोटाले बताउनुभयो ।

‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नाराका साथ नेपालमा पनि ३३ औं विश्व एड्स दिवस मनाइदैछ

नेपालमा अहिलेसम्म ३० जना एचआइभी संक्रमित कोरोनाबाट समेत सङक्रमित भएको पाइएको छ । उनीहरु उपचारपछि निको भएका छन् ।

नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी सङक्रमितहरुमा कोरोना सङक्रमणको जोखिम उच्च रहेको पनि उहाँले बताउनुभयो ।

[sidebar name="button post"]