रणवीर र आलिया एउटै अपार्टमेन्टमा

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी तथा बलिउड अभिनेता रणवीर कपूर छिमेकी बनेका छन्।

हालै आलियाले ३२ करोड (भारतीय रुपियाँ) मा एक फ्ल्याट किनेकी छिन्। उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ। त्यसै उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् भने रणवीर कपूर पनि त्यसै अपार्टमेन्टको सातौँ तलामा बस्ने गर्छन् ।

आलियाको जुहू क्षेत्रमा एउटा फ्ल्याट छ। उनले उक्त फ्ल्याट १३ करोड (भारतीय रुपियाँ) मा किनेकी थिइन्। उक्त फ्ल्याटमा उनकी बहिनी पनि बस्ने गर्छिन्। उनले उक्त फ्ल्याट सन् २०१९ मा किनेकी थिइन्। भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ। मिडिया रिपोर्टका अनुसार आलियाले लण्डनमा सन् २०१८ मा सम्पत्ति खरिद गरेकी थिइन्।

[sidebar name="button post"]