चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फिर्ता

१४ मंसिर, काठमाडौं । एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङ्हे स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेर चिनियाँ रक्षामन्त्री बेलूकी स्वदेश फर्किएका हुन् ।

आइतबार बिहान साढे १० बजे एक दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका उनले दिनभर भेटवार्तामा समय व्यतित गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलको स्वागत पाएका उनले जंगी अड्डामा नेपाली सेनाबाट सम्मान र सलामी पाएका थिए ।

त्यसपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालुवाटार पुगे । आधा घण्टा भएको वार्तामा विशेष छलफल भएको बताइएको छ । त्यसपछि उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश लिएर शीतलनिवास पुगेका थिए । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्नुका साथै रात्री डिनर गरेर उनी राती स्वदेश फर्किएका हुन् ।

[sidebar name="button post"]