महासंघमा अध्यक्षको जिम्मेवारी शेखर गोल्छालाई

१४ मंसिर, काठमाडाैं । शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेका छन् । निवर्तमान अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने व्यवस्था छ ।

निर्वाचन आइतबार विहान सम्पन्न भएको थियोे । प्रमुख निर्वाचन अधिकृत उपेन्द्र पौडेलले गोल्छालाई अध्यक्षको प्रमाणपत्र हस्तान्तरण गरे । योसँगै आजबाट भवानी राणा निवर्तमान अध्यक्ष बनेकी छिन् । गोल्छा नेतृत्वको कार्यसमितिमा उनी दोस्रो वरियतामा रहनेछिन् ।

हालका निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्व अध्यक्ष बनेका छन् । गोल्छाले आजै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । महासंघको निर्वाचनले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्ष चुनेको छ । उनी गोल्छा पछि स्वतः अध्यक्ष हुनेछन् ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्ज श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाइ चुनिएका छन् ।

[sidebar name="button post"]