१४ मंसिर, रोल्पा । रोल्पामा दुई जनाको सडेको अवस्थामा शव फेला परेका छन् । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा दुई पुरुषका शव फेला परेका हुन्।
माछा मार्न गएका स्थानीयले खोल्सामा नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ खबर आए पनि प्रहरीले शनिबारमात्रै मुचुल्का उठाएको थियो।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले शव सडेको हुँदा पहिचान गर्न गाह्रो भएको बताएका छन् । उनका अनुसार घटनास्थल सदरमुकाम लिवाङदेखि झन्डै ४३ किलोमिटर टाढा पर्छ।
शव फेला परेको खबरपछि रातभर खोलामै प्रहरी पहरा दिएर बसेको र मुचुल्का तयार पारी अस्पताल पुग्दा दिउँसो ३ बजेको डिएसपी सुवेदीले जानकारी दिए।
अहिले पोष्टमार्टमको लागि दुइटै शव जिल्ला अस्पताल लिवाङमा राखिएको छ। शव भेटिएपनि कसरी मृत्यु भएको हो भन्ने खुलेको छैन् । पहिचान नखुलेकाले मृत्युको कारण खुलाउने अवस्था नरहेको प्रहरीको भनाई छ ।











