काठमाडौं । ‘नेपाल आइडल सिजन २’ देखि चर्चा परिचर्चा बटुल्न सफल गायिका अस्मिता अधिकारी र चर्चित गायक भिम बिष्टको स्वरमा रहेको नयाँ गीत ‘चम्चा पिलेट’ बोलको म्युजिक भिडियो ईनाक्षी इन्टरटेमेन्टबाट सार्वजनिक भएको १० दिन भइसको छ तर उक्त गीत युट्युबको ट्रेन्डिङ नम्बर १ मा बस्न सफल भएको छ।
सार्वजनिक भएको १० दिन भइसकेको छ भने अहिलेसम्म ट्रेन्डिङ १ मा जमाएर बसेको छ । उक्त गीतले अन्य म्यूजिक भिडियोहरुलाई झन् च्यालेन्ज गरेको छ । प्रयाए ट्रेन्डिङ १,२,३, सम्म हिन्दी र नेपाली चलचित्र ट्रेन्डिङमा परेको हुन्थो अहिले उक्त गीत युट्युबको शिर्ष स्थान रहेको छ ।
यो गीत र चलचित्र ‘प्रसाद’ एकै चोटी सार्वजनिक भएको थियो । सार्वजनिक भएलगतै चलचित्रभन्दा पनि धेरै दर्शकले गीतलाई रुचाएका छन् भने यो गीतले चलचित्रलाई फलप नै गरेको भन्दा त्यति फरक पनि नपर्ला ।

भिडियोको मुख्य भूमिकामा जिबेश गुरुङ,रोसनी कार्की, सरु गौतम,गीता ढुंगाना, भिम कुसारी, कुमार कटुवाल, देवेन पाण्डे,उमेश बिस्ट,अजय नाथसंगै गायक भिम बिष्टले पनि अभिनय गरेका छन् । उक्त गीतमा जिबेश गुरुङ, सरु गौतमले स्वरमा साथ दिएका छन् ।

गायक बिष्टले यो भन्दा पहिला ‘मिनिरल वाटर’ गीतबाट निकै राम्रो प्रतिक्रिया पाएपछि, बिष्टले फेरी फरक खालको भिडियो बजारमा ल्याएका छन्। ‘तपाइँहरुले जसरि ‘मिनिरल वाटर’ रुचाइ दिनु भएको थियो, उसैगरि यो गीतलाई पनि रुचाउनु हुन्छ भने पुरा बिश्वास गरेको छु’ भनेर उनले एक अन्तरबार्तामा भनेका छन् ।
यो भन्दा अगाडिका गीतहारु भन्दा यो गीत राम्रो बनाउने प्रयास मात्र गरेको थिए तर दर्शकले सोसल मिडिया र टिक टकमा यतिसम्म हिट र सुपरहिट हुन्छ भने आश गरेको थिइन् तर दर्शकको साथ सपोट र मायाले उक्त गीत निकै चर्चा परिचर्चा आएको गायक बिष्टले बताए ।
भिम कुसारीको शब्द रहेको गीतमा जीवन बडूले एरेन्ज गरेका छन् । भिम कुसारी र गायक बिष्टले सयुक्त संगीत भरेका छन् । बिशाल महराद्वारा छायांकन भएको भिडियोलाई पवन सुसिंगले सम्पादन गरेका हुन् भने सुसिंगले नै कोरियोग्राफी गरेका छन् । उक्त भिडियोलाई अमित कुमार चन्दले निर्देशन गरेका छन् ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्:











