चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं उत्रिए

१४ मंसिर, काठमाडौं । चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे काठमाडौं उत्रिएका छन् । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका रक्षामन्त्री फेङ्हेले उच्च राजनीतिक भेटवार्ता गर्नेछन् ।

चिनियाँ रक्षामन्त्री सी जिनपिङको राजनीतिक सन्देश लिएर काठमाडौं उत्रिएका फेङ्हे आज एकदिन नेपाल भ्रमण सकेर चीन फर्किनेछन् ।

भारतीय विदेश सचिव नेपाल भ्रमण गरी फर्किएलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई कतिपय अर्थपूर्ण मानिएको छ ।

[sidebar name="button post"]