हाम्रो स्वास्थ्यलाई दही सेवन गरेमा निकै फाइदा जनक साबित हुन्छ । बढी जसो मानिसहरूलाई दही सँग केही मिसाएर खाने आदत हुन्छ l तर, सबै खानेकुरा दही सँग मिसाएर खानु हाम्रो स्वास्थ्य लागी उचित हुँदैन l जस्तै केही चिजहरू दहीसँग एकसाथ खाँदा शरीरमा टक्सिन बन्न थाल्छ । फलस्वरूप उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।
दहि यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकार संग मिसाएर खाना सहिन्छ । तर तपाईहरुलाई थाहा नहुन पनि सक्छ । केहि यस्ता चिजहरु छन् । जस्लाई दहिसंग मिसाएर खादा स्वास्थ्यलाई हानिकारक हुन जान्छ । हेरौ ति चिजहरु के के हुन जस्को प्रयोग दहिसंग गर्दा हानिकारक हुन्छ । दहीसँग खानै नहुने यी चिजहरु ।
आँप र दही
हही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ । दहि चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । कनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ ।
केरा र दही
केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ । शरीरमा टक्सिन बन्न थाल्छ । जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् । यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ ।
मासको दालसँग दही
मासको दाल र दही एकसाथ खानु भनेको विष सेवन गरे सरह हो । भुलेर पनि यिनलाई एकसाथ खानुहुँदैन ।
चीज र दही
आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।








