नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको सङक्रमण

१३ मंसिर,काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना सङक्रमण भएको छ ।

सन्दीपले सामाजिक संजालमा पोस्ट गर्दै आफुलाई कोरोना भाईरसको सङक्रमण भएको जानकारी दिएका हुन् । सन्दीपले कोरोना सङक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेशनमा बसेको बताएका छन् ।

गएको बुधबारबाट कोरोनाको लक्षणसमेत देखिएको उनले बताएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको र छिट्टै मैदान फर्कने बताएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।

यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना सङक्रमण देखिएको थियो । उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् ।

[sidebar name="button post"]