१२ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको हो ।
भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।
हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो । पछिल्लो समय चिसो बढेसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या बढ्दो छ ।









