१० मंसिर, काठमाडौं। पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। बुधबार सुनको मूल्यमा यथाव रहेको छ। तिहारपछि सुनको मूल्यमा लगातार गिरावट भएको छ।
बिहिबार छापावाल सुन स्थिर रहेर तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहिबार चाँदी तोलाको एक हजार १ सय ७५ रुपैयाँले भइरहेको छ।












