बुटवलमा थप एकजना संक्रमित महिलाको मृत्यु

११ मंसिर, काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

गत कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला २८ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजे मृत्यु भएको हो ।

संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी थिइन । प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।

[sidebar name="button post"]