१० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।सामाजिक सञ्जाल मार्फत कप्तान ज्ञानेन्द्रले बुधबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
कोरोना देखिएपनि आफुलाई कुनै लक्षण नदेखिएको उनले बताएका छन् । ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ ।
यस्तै टिमको एक स्टाफ प्रदिप लामालाई समेत कोरोना देखिएको छ । राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ ले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । क्यानले मंगलबार परिक्षण गरिएको थियो ।
[sidebar name="button post"]









