रौतहटमा जग्गा विवादले लियाे एक जनाको ज्यान

१० मंसिर , रौतहट । रौतहटमा जग्गाका विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । गरुडा नगरपालिका ७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा सोही ठाउँका भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुरको मृत्यु भएको हो ।

झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका थिए । घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच कुटाकुट भएको थियो ।

सोही क्रममा तीन जना मिलेर फतिंगालाई चिरान काठ प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

[sidebar name="button post"]