कसरी हुन्छ मोटोपन ? घटाउन अपनाउनुहोस् यी तरिका

काठमाडौं । मान्छे शरीरको वजन कम गर्नका अनेक बाटो अपनाउने गर्छन् । नियमितको व्यायाम, जिम जाने, समयमा खाना नखाने लगायत । तर खानामा मान्छेले सन्तुलन मिलाउनुभन्दा पनि खाँदा असन्तुलित खाना खाने तर अनेक कष्ट गरेर शरीरको वजन कम गर्ने मरिहत्ये गर्ने प्रवृत्ति हामीमा देखिन्छ ।

खानामा सामान्य मात्रै ध्यान दिने हो भने वजन कम गर्नको लागि न त भारी व्यायामको आवश्यकता पर्छ न त भोक मारेर उपवास नै बस्नुपर्ने हुन्छ । केवल सामान्य जीवनशैलीले नै हामीलाई सन्तुलित वजनदार बनाउन सहयोग गर्ने गर्छ । खानाको सन्तुलनलाई पनि विभिन्न कुराले प्रभावित बनाइरहेको हुन्छ ।

एकातिर कुन समयमा कस्तो खाना खाने भन्ने कुरा सन्तुलित खानासँग सम्बन्धित छ भने खाना खाँदा कति मात्रामा खाने भन्ने कुरा त्यसपछि महत्वपूर्ण कुरा हुन्छ । खाना खाएपछि आराम गर्ने कि परिश्रम गर्ने रु जस्ता कुरा यसमा समेटिएको हुन्छ ।

खानामा यी ७ चीजहरूलाई सन्तुलित गर्नुहोस्

१ किण्वित खाना (खमीर वस्तुहरू):

मानिसहरूको शरीरमा रहेको पाचन प्रणालीलाई सहयोग गर्ने र प्रतिरक्षा प्रणालीलाई सुदृढीकरण गर्नको लागि किण्वित खाना खानु उपयुक्त मानिन्छ । किण्वन भनेको त्यो प्रक्रिया हो जसमा कुनै पनि खाद्य वस्तु जति सक्दो टुक्राटुक्रा पार्ने गरिन्छ । फिङ्गस र ब्याक्टेरियाहरू सूक्ष्मजीवहरू हुन् जसले यस प्रक्रियामा प्रमुख भूमिका खेल्छन् ।

यी दुवै सूक्ष्म जीवहरूले मेटाबोलिज्म ठीक राख्न महत्वपूर्ण भूमिका खेल्छन् । यसले पेटको लागि प्रोबायोटिक्सको रूपमा कार्य गर्दछ र पाचन प्रणालीलाई सक्रिय राख्छ । यसले फ्याट संग्रहण गर्नबाट रोक्छ, जुन कि वजन कम गर्न स्वाभाविक रूपमा उपयोगी छ ।

२. चिल्लो पदार्थको सन्तुलन :

शरीरको लागि चिल्लो पदार्थ आवश्यक छैन भन्ने सोच्नुहुन्छ भने तपाईं आफैँमा गलत हुनुहुन्छ । चिल्लो सबै मान्छेको लागि आवश्यक हुन्छ । तर मोटोपनाको लागि यसको सन्तुलन मिलाउन सकिएन भने यो हानिकारक पनि हुन्छ । शरीरमा चिल्लो पदार्थका धेरै फाइदाहरू छन् । हाम्रो छाला स्वस्थ राख्न, उमेरलाई बुढो देखिनबाट जोगाउने जस्ता विभिन्न काममा चिल्लो पदार्थ अत्यावश्यक हुन्छ । तसर्थ, आफ्नो आहारबाट तेल र घिउ जस्ता खानेकुरा हटाउने नभई यसलाई सन्तुलित गराउने एवं स्वस्थ विकल्पहरूको खोजी गर्नुपर्छ । तोरी, सूर्यमुखी तेल आदिको ठाउँमा हामी अवोकाडो, नरिवल र जैतुन आदिको तेललाई बढी प्रयोग गर्न सक्छौं ।

३. स्वास्थ्य गेडागुडी :

चियाको बिउ, तिलको दाना, सूर्यमुखीको बिउहरूले पेटमा विकास भएको बोसोलाई कम गर्न मद्धत गर्छ । तपाईं आफ्नो आहारमा विभिन्न तरिकाहरू समावेश गर्न सक्नुहुन्छ । तपाईं तिनीहरूलाई भिजाएर वा खाजाको रुपमा पनि विभिन्न परिकार बनाएर खान सक्नुहुन्छ ।

४. जडीबुटी र मसलाको सन्तुलन :

जडीबुटी तौल घटाउनका लागि धेरै उपयोगी हुन सक्छ । यसको लागि तपाईंले फ्याक्ससीड, तुलसी, अलैंची, दालचिनी, जिरा, मेथी, लसुन, पुदिना र रायोको प्रयोग गर्न सक्नुहुनेछ । तपाईं यी सबै तौल घटाउनका लागि विभिन्न तरिकामा प्रयोग गर्न सक्नुहुन्छ र तिनीहरूको आफ्नै विशेष लाभहरू छन् ।

यी खानेकुराले न केवल तपाईंको पाचन प्रणाली ठीक राख्छ यी त शरीरको प्रतिरक्षा प्रणालीमा सुधार गर्ने प्रमुख खानेकुरा समेत हुन् । यी चीजहरूलाई आहारमा सन्तुलित राख्नुहोस् र छिटो र भारी व्यायाम नगरी सजिलै वजन कम गर्नुहोस् ।

५. हाई क्यालोरीको प्रयोग :

हामीमध्ये धेरैले सन्तुलित भोजन सेवन गर्नुको साटो बढी क्यालोरीयुक्त भोजन गर्छौं। एक गिलास चियासँग एक प्याकेट क्रिम बिस्कुट खानु मोटाइका दृष्टिबाट हानिकारक हो। यस्तो खानपानले शरीरलाई सन्तुलित भोजनबाट वञ्चित गराउँछ। बालबालिका एवं युवाहरू यस्तै किसिमका जंक फुडमै आफ्नो जीवन बिताउँछन्। यसबाट शरीरले धेरै क्यालोरी ग्रहण गरिरहेको हुन्छ। फलस्वरूप यस्ता व्यक्तिको शरीरमा बोसो बढिरहेको हुन्छ।

६. मानसिक कारण:

कोही आवश्यताभन्दा धेरै खाना खान्छन्। सामाजिक एवं सांस्कृतिक रीतिरिवाजका कारण पनि मानिसले धेरै प्रकारका खाना खाइरहेका हुन्छन्। हिन्दू धर्मावलम्बीहरू विभिन्न उत्सवमा मीठो, गुलियो वा तैलीय खाद्यपदार्थको बढी प्रयोग गर्छन्। आफ्नो सामाजिक स्टेटस देखाउने निहुँमा पनि उच्च क्यालोरीयुक्त भोजन खाने चलन छ। कुनै निहुँमा पार्टी, भोज जाने चलनले पनि तौल बढाइरहेको हुन्छ।

कसरी गर्ने तौल नियन्त्रण ?

आधुनिक जीवनमा भोजनलाई ब्रेकफास्ट, लन्च र डिनरमा बाँडिएको छ। स्लिम देखिन चाहने व्यक्तिको तौल उसले ग्रहण गर्ने नास्तासँग जोडिएको हुन्छ। हालै भारतमा गरिएको एउटा सर्वेक्षणले बिहान नास्ता गर्नेहरूको तौल नगर्नेहरूको तुलनामा कम देखाएको छ अर्थात् बिहानको नास्ता तौल नियन्त्रणका लागि आवश्यक छ। बिहान नास्ता नगर्दा धेरै भोक लाग्ने र एकैपटक धेरै खाएको खानाले बोसो बढाउने सर्वेक्षणले देखाएको छ। जर्नल अफ न्युटि्रसनमा प्रकाशित रिपोर्टअनुसार बिहान जति नास्ता गरिन्छ, दिनभरि कम भोक लाग्छ। नास्ता गरेपछि मेटाबोलिजमको प्रक्रिया प्रारम्भ हुन्छ। यसैबाट फ्याट घटाउने प्रक्रिया सुरु हुन्छ।

शरीरमा जम्ने फ्याटका कारण बोसोयुक्त खाना मात्र हो भन्ने कुरालाई डाइटिसियनहरूले अस्वीकार गरेका छन्। कार्बोहाइड्रेट एवं प्रोटिनबाट प्राप्त क्यालोरीबाट शरीरलाई ऊर्जा प्राप्त हुन्छ। हामीमध्ये धेरैजना घिउ, तेल, मख्खन, चीज आदिमा नियन्त्रण त गर्छौं तर आफ्नो डाइटमा कार्बोहाइड्रेटको मात्रा बढाइरहेका हुनसक्छौं। भोजन नियन्त्रण गर्दा शरीरलाई आवश्यक पर्ने खाद्यपदार्थ खानु आवश्यक छ भने कार्वोहाइड्रेट पनि नियन्त्रण गर्नु जरुरी छ।

दूध भएको चियाको साटो कालो चिया प्रयोग गर्नुपर्छ। यसले तौल कम गर्न सहयोग गर्छ। अर्को रिसर्चअनुसार सातामा एकदिन कालो चिया प्रयोग गर्नेहरूमा सामान्य व्यक्तिमा भन्दा कम फ्याट पाइएको छ। १० वर्षसम्म नियमित कालो चिया प्रयोग गर्नेमा तुलनात्मक रूपले २० प्रतिशसम्म फ्याट कम भएको पाइन्छ।

[sidebar name="button post"]