बुधबार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो हुन्छ ?

काठमाडौं । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

बुधबार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो हुन्छ ?

१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् ।
२. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
३. यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।
४. नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुकाे जीवन निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
८. धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् ।
१०. खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।

[sidebar name="button post"]