दशैँ, तिहार, छठ जस्ता चाडपर्व सकिए । गाउँघर गएकाहरु पनि काठमाण्डौ फर्किए । कक्षा १२ को परिक्षा समेत सुरु भयो । काठमाण्डौमा हिजो आज निक्कै चहलपहल छ । गाडीको चाप बढेको छ । सडक खाली छैन । सडकमा जोर बिजोर समेत छ की छैन यसै भन्न सकिदैन । यात्रा गर्नेहरु पनि सुरक्षित छैनन् ।
चालक, सहचालक तथा यात्रुले मास्क, स्यानिटाइजर र फेससिल अनिवार्य लगाउनुपर्ने नियम कार्यान्वयन भएको छैन । बजारमा भिड थामिनसक्नु छ । किनमेल गर्नेहरु उत्तिकै छन् । अरुलाई संक्रमण नहोस् भनेर मापदण्डको पालना भएको पनि पाइदैन । न भौतिक दूरी देखिन्छ ।
कतिपयले त मुखमा मास्क लगाएको समेत देखिदैन । यहि बेला कोरोना भाइरसको संक्रमण जोखिम अझ उच्च छ । तर काठमाण्डौको चहलपहल देख्दा लाग्छ, के साच्चै कोरोनाको डर छ र ?
फोटो सरोज कार्की

[sidebar name="button post"]









