७ मंसिर, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । चार वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।
आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेका थिए । सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन ।
चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका ओलीले सम्भावित कदम चाल्न सक्ने अनुमान गरिएको छ । यसअघि ओलीले आफूविरुद्ध प्रस्ताव ल्याउने प्रचण्ड लगायत नेताहरुमाथि उच्च निगरानी गर्न लगाएका थिए ।












