Ad #144479

७ मंसिर, उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय परिसरमा बम बिस्फोट भएको छ। कार्यालयको बरण्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट हुँदा टेबल, कुर्सीमा क्षति पुगेको छ । गएराती बम विष्फोट भएपनि प्रहरीले बल्ल जानकारी पाएको हो । घटनास्थलमा पुगेको प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । विप्लव समूहले वम विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।