Ad #144479

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

काठमाण्डौ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम हिजो अस्तिको भन्दा बढेको छ । ५ डिग्री सेल्सियससम्म झरेको काठमाण्डौको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाण्डौको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ । आज गण्डकी प्रदेश र एक नम्बर प्रदेशमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।