Ad #144479

कोरोना संक्रमणको जोखिम नभएका वा कम भएका ठाउँमा पालिकाले नै विद्यालय सञ्चालन गर्न पाउने भएका छन् । सरकारले ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको यो कार्यविधिमा पालिकाहरुले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरेर विद्यालय बन्द गर्ने अधिकार दिइएको छ । विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर विद्यालय खोल्ने या नखोल्ने भन्ने अधिकार पालिकालाई हुनेछ भने अनुगमनको जिम्मा पनि पालिकालाई नै दिइएको छ ।

कोभिड–१९ रोकथामका लागि सरकारले गठन गरेको ‘कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको ५ चैतको बैठकले देशभरका शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । बन्द विद्यालय खोल्ने नखोल्ने निर्णय अब पालिकाले नै लिनेछन् ।