काठमाडौं । ‘नेपाल आइडल सिजन २’ बाट चर्चा परिचर्चा बटुलेका गायक सुमित पाठक र गायिका मिना निरौलाको स्वरमा रहेको नयाँ गीत ‘आउ वर’ युट्युब मार्फत सार्वजनिक भएको छ ।
सुमितकै शब्द र संगीत रहेको गीतमा उदय राज पौडेलले एरेन्ज गरेका छन् । भिडियोको मुख्य भूमिकामा आशिफ शाह र नायिका बर्षा राउतको अभिनय रहेको छ ।
हरि हुमागाईद्वारा छायांकन भएको भिडियोलाई गम्भिर राजकर्निकारले सम्पादन गरेका हुन् भने प्रविन सिंहले कोरियोग्राफ़ी गरेका छन्। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :












