Ad #144479

काठमाडौँ । महानायक राजेश हमाल र चर्चित गायिका स्मीता दाहालले एक साथ अभिनय गरेको नयाँ गीत ‘मालिङ्गो’ मज्जाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

पछिल्लो केहि महिना यता महानायक म्युजिक भिडियोमा व्यस्त रहेका छन् । यो भन्दा पहिला ‘मन्जुरी’मा नायिका बर्षा शिवाकोटीसंग देखिएका थिए भने अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालसंग देखिएका छन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुराउने  हकरको भूमिकामा देखिएका छन् ।

चर्चित गायक राजनराज शिवाकोटी र  गायिका स्मीता दाहालको स्वर रहेको छ भने उक्त गीतमा शिवाकोटीले नै संगीत दिएका छन् ।सुनिता नेपाल सुवेदीको शब्द रहेको छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरेको भिडियोलाई भूपेन्द्र अधिकारी सम्पादन गरेका हुन्। सुनिल क्षेत्रीको कथा,कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोलाई चर्चित गायक सरोज ओलीको निर्देशनमा गरेका हुन्।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्: