Ad #144479

४ मङ्सिर, मकवानपुर । घाइते एवं अचेत अवस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी चार वर्षीया बालिकाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन्। उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र  शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष  दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए। सो घटनामा एक जनालाई पकाउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।