४ मङ्सिर, जनकपुर । धनुषामा कोरोना संक्रमणबाट एक वडाध्यक्षको अस्पतालमै मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको उपचारको क्रममा बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको हो ।
७० वर्षीय मोक्तानको बिहीबार बिहान जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए।
सोमबार कोरोना पुष्टि भएका वडाध्यक्षको शरीरमा अक्सिजन लेभल समेत कम रहेको थियो। वडाध्यक्ष मोक्तान तत्कालीन एमालेबाट निर्वाचित भएका थिए।
[sidebar name="button post"]









