झापामा कोरोना संक्रमित वृद्धाको मृत्यु

काठमाडौं । झापामा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकी वृद्धाको आइतबार राती मृत्यु भएको हो ।

कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएपछि उनी २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

[sidebar name="button post"]