३० कार्तिक, काठमाडौं । सुनसरी, धनकुटा र नेपालगञ्जमा गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनकुटाको भेडेटारका एक पुरुष र सुनसरी बराह क्षेत्र नगरपालिकाकी ४४ वर्षीय महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
७२ वर्षीय पुरुष स्वास्थ्यमा समस्या भएपछि शनिबार अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको हो । ४४ वर्षीय महिला भने आज मात्रै अस्पताल भर्ना भएकी थिइन् । मिर्गौलामा समस्या भएकी उनको बिहान सवा ९ बजे मृत्यु भएको हो ।
यस्तै बाँकमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–२ कञ्चनपुरका ३० वर्षका पुरुष र कैलालीको भजनी नगरपालिका–८ का ६५ वर्षका पुरुषको शनिबार राति मृत्यु भएको हो ।
कोरोना संक्रमणको लक्षण देखिएपछि कात्तिक २१ गते टीकापुर अस्पताल भर्ना भएका उनलाई २२ गते संक्रमण पुष्टि भएको भएको थियो ।









