३० कार्तिक, बुटवल । रुपन्देहीमा आफ्नो बाबुले चक्कु हानेर छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमामा बाबुको चक्कु प्रहारबाट १९ बर्षीय छोरा पदमबहादुर गुरुङको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका–११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङले छोरामाथि चक्कु प्रहार गरेका थिए ।
मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न भन्दै बुवालाई हप्कीदप्की गरेका थिए ।
रिसको झोकमा शेरबहादुरले छोरामाथि नै चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गरेपछि अत्याधिक रगत बगेर पदमको घटनास्थमै मृत्यु भएको थियो । छोरालाई चक्कु हानेर मार्ने पदमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
[sidebar name="button post"]









