ओलीविरुद्ध प्रचण्डको राजनीतिक प्रस्ताव हाम्रो पनि हो : वामदेव

२९ कार्तिक, काठमाडौं । नेकपाको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन प्रस्ताव पाँच नेताहरुको साझा धारणा भएको उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।

ओलीपक्षले पार्टीमा विवाद ल्याएर सरकारलाई अलोकप्रिय बनाउने अस्त्रका रुपमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेको आरोप लगाईरहेका बेला उपाध्यक्ष वामदेव गौतमले भने प्रचण्डको प्रस्ताव पाँच शीर्ष नेताहरुको प्रस्ताव भएको टिप्पणी गरेका हुन् ।

आफूनिकट पत्रकारसँग कुरा गर्दै बामदेवले प्रचण्डको प्रस्तावले ओलीलाई सच्याउने पनि दाबी गरे । ओलीको कार्यशैली र कदमको चौतर्फी आलोचना भइरहेका बेला त्यसलाई सच्याउने र सबै मिलेर पार्टी एकता जोगाउने प्रस्ताव भएको वामदेवले पनि दाबी गरेका छन् ।

प्रचण्डको राजनीतक प्रस्तावले नेकपामा तरंग मात्रै उत्पन्न भएको छैन् । अध्यक्षद्धयबीचको छलफल र संवाद नै बन्द भएको छ ।

[sidebar name="button post"]