मुख्यमन्त्री भट्टद्वारा शुभ दीपावली पर्वको अवसरमा शुभकामना व्यक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यन्त्री भट्टले कोभिड—१९ को महामारीवाट हाल उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सावधानीका साथ आ–आफ्नै घरमा पर्व मनाउन सबैमा आग्रह गर्नुभयो ।

[sidebar name="button post"]