२८ कार्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारका लागि बजारमा किनमेल बढेकाे छ । बिहीबारदेखि तिहारकाे चहलपहल बढेकाे हाे ।
कोरोना संक्रमणकै बीच पनि काठमाडौंका असन इन्द्रचोक, लगनखेल, कलंकी, बानेश्वर, काेटेशवर लगायतका क्षेत्रमा तिहारको भाइमसला, टीका,फूलमाला लगायतका विभिन्न सरसामान किन्नेहरुको भीड देखिन्छ । यसवर्षको भाइटीका मंसिर १ गते परेको छ ।
भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, फूलमालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन छ ।
फोटो प्रल्हाद अधिकारी

[sidebar name="button post"]









