माटाेका पाला बनाउन भ्याइनभ्याइ (फाेटाे फिचर)

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

२९ कार्तिक, काठमाडौं  । तिहारका लागि आवश्यक सामाग्री भाइमसला, फलफूल, मालासँगै दियो बाल्ने पालाको समेत काराेवार बढ्दो छ । बजारमा पालाको माग बढेसँगै भक्तपुरमा यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ ।

तिहारलाई पालाको माग उच्च हुने भएपछि यतिखेर अन्य माटाका भाँडा बनाउने काम थाती छ । तिहारमा लक्ष्मी पूजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखेको पाला बनाउने बताउँछन् । माग अनुसार पाला बजार पठाउने काममा नै दिन बित्ने उनिहरुकाे भनाइ छ ।

भक्तपुरको पाला काठमाडौ, ललितपुर सहित काभ्रेको बनेपा, धुलीखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेका छन् ।


  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares