२३ कार्तिक, काठमाडौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । मिर्गौला प्रत्यारोपणपछि झनै जोश बढेर गएको बताएका छन् । आइतबार दिउँसो बालुवाटारमा भएको नेकपा अर्का नेता माधव नेपालसँगको भेटमा ओलीले
आइतबार दिउँसो बालुवाटारमा भएको नेकपा अर्का नेता माधव नेपालसँगको भेटमा ओलीले मिर्गौला प्रत्यारोपणपछि जोश बढ्नुका साथै फुलेका जुँगा कालो हुन थालेको बताएका छन् । प्रधानमन्त्री र नेताहरूबीच बालुवाटारमा अढाइ घण्टाभन्दा बढी भएको छलफलमा पार्टी विवादबारे कुराकानी भएको थियो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका बालुवाटार बाेलाएका हुन ।
प्रधानमन्त्रीले भेटका लागी बाेलाएपछि नेता नेपाल स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर बालुवाटार पुगेका थिए ।
उनले पार्टीलाई एकतावद्ध बनाएर लैजाने ठोस कार्यक्रम प्रस्तुत गर्न समेत आग्रह गरेका छन् । भेटमा सहभागी स्थायी कमिटी सदस्य पाण्डेले छलफल लामै भएपनि ठोस निर्णय भने नभएकाे बताइएकाे छ ।











