आज थप २८१७ जनामा कोरोना संक्रमण

 नेपालमा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २८१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख नजिक पुग्न लागेको छ । हाल देशभर १ लाख ९४ हजार ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यी मध्ये १ लाख ५७ हजार ९२६ जना संक्रमित निको भइसकेका छन् भने ३५ हजार ४१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

उता गत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय ८ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।

[sidebar name="button post"]