नेपालमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज २१ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । आज देशभर २८१७ जना कोरोना संक्रमित थपिएका छन्।
उता २८१२ जना संक्रमित कोरोना जितेर निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ३५ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन् भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन्।
[sidebar name="button post"]











