सत्तारुढ नेकपाको बहुमत सदस्यसहितको शीर्ष नेताहरुको बैठकले सचिवालय बैठक बोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गर्ने निर्णय गरेको छ ।
धुम्बाराहीमा बसेको प्रचण्ड पक्षीय नेकपा सचिवालयका नेताहरुको बैठकले तत्काल सचिवालयको पूर्ण बैठक बोलाउन अध्यक्ष ओलीलाई औपचारिक आग्रह गर्ने निर्णय गरेको हो ।
धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसँगी वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागि थिए ।












