नेपालमा कोरोनाले एकैदिन २७ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपालमा एकैदिन २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । मंगलबार काठमाडौंमा ६ जना, सुनसरीमा ५ जना, कास्कीमा ४ जनाको मृत्यु भएको हो ।

यस्तै सप्तरीमा ३ जना, मोरङ र बागलुङमा दुई दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै उदयपुर, सिरहा, भक्तपुर, तनहुँ र दाङमा एक एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।

[sidebar name="button post"]