काठमाडौं उपत्यकामा मंगलबार हुस्सु लागेको छ । जाडो महिना सुरु हुन थालेकाले अब हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायूसँगै स्थानिय वायूको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
यस अघि उपत्यकामा हुस्सु लागेको थिएन । पश्चिमी वायूकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भईरहेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको छ । आज काठमाण्डौंको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।












