Ad #144479

नेपालमा थप २९३३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ९ सय ३३ जनालाई संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । यस्तै पछिल्लो चौबिस घण्टामा ३ हजार १५० जना डिस्चार्ज भएका छन् ।

यससँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यस्तै पछिल्लो चौबिस घण्टामा २४ जनाको भने मृत्यु भएको छ । मृत्यु हुनेको संख्या भने ९ सय ८४ पुगेको छ ।