सेनाको हेलिकप्टरमार्फत मुख्यमन्त्री पौडेललाई काठमाडौं ल्याइयाे

कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । सेनाको हेलिकप्टरमार्फत् उनलाई शुक्रबार अपरान्ह काठमाडौं ल्याइएको हाे ।

उनको उपचार बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र हुने बताइएको छ।  उनलाई बिहीबार कोरोना संक्रमण देखिएको थियो। पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना  सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको थियो।

उनको अवस्था अहिले सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको छ ।

[sidebar name="button post"]