देशभर ४ हजार ४४९ जनामा कोरोना संक्रमित थपिए

शुक्रबार देशभर ४ हजार ४४९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४४९ जनालाई कोरोना पुष्टि भएको हो ।  आजै काठमाडौं उपत्यकामा मात्रै २७२० संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

[sidebar name="button post"]