२४ घण्टामा ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४,८७७ पुगेको छ । २४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन् । त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ ।

[sidebar name="button post"]