आज उपत्यकामा १५५२ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १५५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना संक्रमित भेटिएका छन् ।

नेपालमा आज थप ३६३७ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म कुल एक लाख ४८ हजार ५०९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

[sidebar name="button post"]