Ad #144479

रमिता दंगाल

कार्तिक ४, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ मा रहेकाे नागीथाम डाँडाबाट स्थानीय आकाश लामाले बलात्कारीलाई फाँसी देउ भन्ने नाराका साथ प्याराग्लाइडिङ गर्नुभएको छ।

पर्यटकीय एवं धार्मिक क्षेत्र नागीथामडाँडामा प्याराग्लाइडिङ हुँदै आएकाे छ । अहिले धमाधम पाँचपोखरी गाउँपालिकाको आकाशमा प्याराग्लाइडिङ उडान भैरहेको छ । समुन्द्री सतहबाट २५००मिटर उचाईमा रहेको नागीथाम डाँडाबाट उडान गरी मानेखर्कमा ल्याण्ड गरिएको छ ।

माउन्ट शेर्पा ट्राभल एण्ड टुरले प्रतीव्यक्ति ४ हजार ९९९ को टिकटमा उडान गराउंदै आएको छ। पहिला पनि प्याराग्लाइडिङको लागि परिक्षण भएको भए पनि व्यवसायिक हिसाबले भने पहिलो पटक सुरु गरिएको स्थानिय बासिन्दा पासाङ्ग लामा ह्योल्मोले जानकारी दिनुभयो।